• नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले एक ठाउँमा पनि सरकार चुक्न नपाउने र कुनै माफी पनि नपाउने बताए । उनले ओली सरकारले साँढे ३ वर्ष संविधानको आधार भत्काउन मात्र लागेको भन्दै अब सरकारले त्यसलाई थितिमा ल्याउनुपर्ने बताए ।

    नेता थापाले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई सचेत समेत गराए । नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान केन्द्रिय समितिबाट गर्न माग गरे ।

4565