• राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा जनतालाइ महशुस हुनेगरि सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् ।

    बैठकमा सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे ।

    बैठकमा सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन आग्रह गरे । यसैगरी सांसद दिलकुमारी रावलले नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७-७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ बजे बस्नेछ ।

4565