-
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जस्तो विधि प्रक्रिया र वेथितीबाट बर्तमान सरकारलाई मुक्त बनाउनुपर्ने भन्दै सत्तारुढ दलका सांसदहरुले खबरदारी सुरु गरेका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सत्तारुढ सांसदहरुले बर्तमान सरकारलाई सहि बाटोमा हिडाउनका लागि संकल्प प्रस्ताव पास गर्नुपर्ने माग गरे ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले नयाँ सरकारलाई अघिल्लो सरकारको जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए । उनले बर्तमान सरकारलाई अधिल्लो सरकारबाटोमा हिड्न रोक्नका लागि संकल्प प्रस्ताव संसदबाट पास गर्नुपर्ने माग गरे ।
त्यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बर्तमान सरकार पनि अघिल्ले सरकार जस्तै गफाडी हुने चिन्ता व्यक्त गरे । उनले सरकारका मन्त्रीहरुले सस्तो लोकप्रियताका लागि जथाभावि बोल्ने गरेको भन्दै आपत्ती जनाए ।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको बताउदै तिनै सांसद मन्त्री बन्दा भने टिकाटिप्पणी हुने गरेकोमा गुनासो गरे ।
प्रतिनिधी सभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले साउन १५ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सदनमा जानकारी गराएका हुन् । आजको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





