• प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    भट्टले सुदुरपश्चिम कोरोना र बाढीपहिरोको धेरै जोखिममा रहेको भन्दै केन्द्र सरकारसँग सहयोग माग गरेका छन । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले कोरोना र बाढी पहिरो नियन्त्रणमा प्रदेश सरकारसँग मिलेर काम गर्ने आश्वासन दिएका छन ।

4565