• नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरणप्रति आपत्ति जनाउँदै नेता सिंहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

    सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्ति देखा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    प्रदेश नम्बर २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काँग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिएर राजीनामा दिएको उल्लेख गरेका छन ।

4565