-
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दले प्रधानमन्त्री शेरबहादुर देउवाका बीचमा भेटवार्ता भएको छ । आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा चन्दले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न महासचिव चन्द नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोला पनि बालुवाटार पुगेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर भूमिगत गतिविधि त्यागेर खुला राजनीतिमा आएका चन्द सोही ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन् । मुद्दा फिर्ता र नेता कार्यकर्ताको रिहाइको विषयमा छलफल गर्न चन्दले पछिल्लो समय विभिन्न नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।
चन्दले यसअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।
News Desk 0 response बुधबार, साउन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





