• भारतका लागि नेपाली आवासीय राजदुत निलाम्बर आचार्य पनि पेगासस एपको निगरानीमा रहेको दाबी गरिएको छ । इजरायलको एनएसओ कम्पनीले निर्माण गरेको पेगासस एपमार्फत विश्वभरका पत्रकार, राजनीतिक नेता तथा व्यवसायीसम्बन्धी गोप्य सूचना संकलन गरिरहेको आरोप लागेको केही दिनमै राजदुत आचार्यबारे विवरण सार्वजनिक भएको हो ।

    भारतीय पत्रिका द हिन्दुका अनुशार पेगाससमार्फत भारतमा निगरानी गरिरहेका व्यक्तिहरुको सूचीमा आचार्यसँगै इरान, अफगानिस्तान, चीन र साउदी अरबका राजदुतसमेत रहेका छन् । इजरायली सफ्टवेयर कम्पनी एनएसओले भनें ऊमाथि लगाइएको आरोप आधारहीन रहेको प्रतिक्रिया दिएको छ ।

    आफूले जानाजान कुनै पनि कम्पनीलाई व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारका सूचना अनाधिकृत रुपमा उपलब्ध नगराएको एनएसओको भनाइ छ । उसले मावनअधिकार उल्लंघनका लागि आफ्नो सफ्टवेयरको प्रयोग नभएको प्रष्ट पारेको छ । यसअघि आइतवार विश्वभरका करिब १४ वटा ठूला सञ्चारमाध्यमले पेगाससले सूचनामाथि निगरानी गरिरहेको खबर प्रकाशन तथा प्रशारण गरेका थिए । यद्दपि, यो सूचनाको स्वतन्त्र पुष्टि भनें हुन सकेको छैन ।

4565