• नेकपा एमालेका नेता एंव पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा भएको छ । लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा भएको हो । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको अन्तरिम घोषणा पत्रमा उल्लेख छ ।

    आइटीको सहायताले हामी मुलुकमा व्याप्त दुराचार, बेथिति, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घोषणापत्रमा भनिएको छ । आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय हुने प्रस्ताव छ ।

4565