खोप राजनीती: प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्याण्डी बेरीद्वारा खोप केन्द्रको अनुगमन
-
अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप काठमाडौँ उपत्यकामा आजबाट दिन सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा पुगेर खोप अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवाले आज कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको स्थलगत निरीक्षण पनि गरेका छन् । उनले महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गरेका हुन् । अमेरिकाले जोन्सनको १५ लाख ३४ हजार ४ सय ५० मात्रा खोप कोभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएको हो ।
यो खोप एक पटक मात्रै लगाए पुग्नेछ । सरकारले साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप काठमाडौँ उपत्यकामा लगाउने तालिका सार्वजनिक गरेको थियो । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।।
News Desk 0 response सोमवार, साउन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





