• प्रधानमन्त्री शेरबहादुर देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उहाँले प्रधानमन्त्रीबोल्दा विपक्षी दलका नेताहरु अनिवार्य उपस्थित हुनुपर्ने आफ्नो सिद्धान्त रहेपनि ओली नआएकोमा दुखेसो पोख्नुभयो ।

    मसँधै ओलीजी बोल्दा आउने गरेको थिएँ, तर म प्रधानमन्त्री भएर बोल्दा आउनुभएन, आउनुभएको भए खुशी हुने थिएँ, प्रधानमन्त्री देउवाले भन्नुभयो, सायद स्वास्थ्यमा केही समस्या भएर पो हो कि । साथै उहाँले सरकार पक्षले कहिल्यै विपक्षलाई आक्रमण गर्नु नहुने समेत बताउनुभयो । उहाँले ओलीले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गर्न बाध्य बनाएको बताउनुभएको छ ।
    राती दुई बजे संसद विघटन गरिदिने ? प्रधानमन्त्री देउवाले भन्नुभयो, उहाँ बाध्य भएर विचरा राष्ट्रपति सुत्न पाउनुभएन ।

    सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताउनुभएको छ । त्यस्तै विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै उहाँले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताउनुभयो । मधेशको मुद्दामा समेत आफू छलफलका लागि तयार रहेको उहाँको भनाइ छ।

4565