• सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन । शुक्रबार सङ्घीय संसद् अधिवेशनको व्यवस्थापनको तयारीको जानकारी लिदै सभामुख सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका हुन । उनले दलहरुसँग समन्वय गर्न इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्ने समेत बताए ।

    आईतबार सुरु हुने संसद्को अवधिवेशनका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । यसैबिच सचिवालयले बैठकमा उपस्थिति हुनेहरूका लागि कोरोनाको एन्टिजेन परीक्षणका लागि शुक्रबार संघीय संसद भवनमा आवश्यक व्यवस्था मिलाएको छ । सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरिएको थियो ।

4565