• नेपाली काग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बारा र धनुषाका नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन । उनीहरुले क्रियाशील सदस्यता वितरण छानविन हुनुपर्ने भन्दै पार्टी कार्यालयमा धर्ना दिएका हुन् । पार्टीमा छलफल नै नगरी दर्ता गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने उनीहरुको माग छ । त्यस्तै वडासंग समन्वयन नै नगरि क्षेत्रले नाम पठाएको भन्दै उनीहरुले आपत्ती समेत जनाए ।

    नेता तथा कार्यकर्ताको धर्नामा बसेकालाई भेट्न पुगेका नेता अर्जुननरसिंह केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने बताए । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंगो लगाउने काम गरिरहेका बेला उनीहरु धर्नामा बसेका हुन् ।

4565