• सत्तारुढ नेकपा एमालेका भ्रतृ संगठनहरु विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएका छन । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका छन । नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा र युवा संघले माईतिघरमा प्रदर्शन गरे ।

    प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए । उनीहरु खेलाडीहरु जाग्दैछन् राष्ट्रघातीहरु भाग्दैछन, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लगाएका थिए ।
    प्रर्दशनकारीहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी समेत गरे ।

4565