-
सत्तारुढ दल नेकपा एमालेभित्रको आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित भएको छ । कर्णाली प्रदेशसभाको आठौँ बैठक वा बजेट अधिवेशन सुरू भएको दिनदेखि नै राम्रोसँग चल्न सकेको छैन । गत जेठ २४ गतेबाट सुरू भएको प्रदेशसभाको आठौँ बैठक नेकपा एमालेले अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाएर अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नै गर्न नदिएर आठौँ अधिवेशनको १४ औँ बैठक पनि अवरुद्ध गरको हो । शुक्रवारको बैठकमा एमाले सांसद देवी ओलीले एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बढ्न नदिने बताइन् । उनले यति भन्नासाथ बैठकमा सहभागी एमालेका सबै सांसदहरु रोष्ट्रममा उठिसकेका थिए ।
एमालेका सांसदहरुले करिब १० मिनेट रोष्ट्रममै उभिएर विरोध गरेपछि सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे एमालेले नटेरेपछि असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । गत वैशाख ३ गते नेकपा एमाले माधव–खनाल पक्षका चार सांसदले पार्टीले लगाएको ह्वीपको उल्लंघन गदै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहीले चार जना फ्लोर क्रस सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामध्ये प्रकाश ज्वालाबाहेक बाँकी तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूलाई चारै जनालाई पार्टीले कारबाही गरेको हो । तर जेठ २७ गते चारै जना सांसदलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि एमालेमा कर्णाली प्रदेशमा किचलो बढ्दै गएको छ । चारै जना सांसद पुनर्वहाली भई एमाले पार्टीमै फर्किएपछि मन्त्री बनेका एमालेका तीनजना मन्त्रीले माओवादी नेतृत्वको सरकारबाट तत्काल राजीनामा दिई प्रमुख प्रतिपक्षको बेञ्चमा बस्न एमाले संसदीय दलले निर्देशन दिएको थियो ।
तर तीनै जना मन्त्रीले उक्त निर्देशनको पालना नगरी सत्ता पक्षको बेञ्चमा बसेको र सरकारबाट राजीनामा नदिएकोले प्रदेशसभा बैठक अवरुद्ध हुनुको मुख्य कारण बनेको छ । आर्थिक वर्ष २०७८–०८९ को नीति तथा कार्यक्रम पारित गत आसर १ गते भएर बजेट सार्वजनिक भएको थियो । तर, त्यसयता बैठक बसे पनि कार्यसुचीमै प्रवेश हुन नपाउँदै प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
दिउँसो २ बजेबाट सुरु भएको बैठक झण्डै १५ मिनेट चलेको संसद् बैठकमा कार्यसूची प्रवेश नै गर्न नदिएर अवरुद्ध भएको छ । शुक्रवारको बैठकमा एमाले सांसद देवी ओलीले एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बढ्न नदिने बताइन् । उनले यति भन्नासाथ बैठकमा सहभागी एमालेका सबै सांसदहरु रोष्ट्रममा उठिसकेका थिए ।
एमालेका सांसदहरुले करिब १० मिनेट रोष्ट्रममै उभिएर विरोध गरेपछि सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे एमालेले नटेरेपछि असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
News Desk 0 response शुक्रबार, असार १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





