• नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भएपनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन नगरेको बताए । उनले ३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको बताए ।

    नेकपा काठमाण्डौ जिल्ला कमिटीले आईतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

4565