-
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ । बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।
नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए । यस्तै बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा महतले दिनुभयो । कांग्रेसले बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । महत्तले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए । बाढी पिडितको राहत र उद्धारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको महतले बताए ।
त्यस्तै कांग्रेस नेता एवं कांग्रेस क्रियाशिल सदस्यता छानविन समिति संयोजक रमेश लेखकले क्रियाशिल सदस्यता नविकरणको काम भइरहेको बताए । क्रियासिल सदस्यताको कारणले महाधिवेशन नधकिलिएको भन्दै कोरोना प्रमुख कारण भएको उनले बताए ।
कोरोना महामारीका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन । आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ। तर अहिलेसम्म करिब ८ लाखले मात्र क्रियाशील सदस्यता लिएका छन् । बैठक शुक्रबार पनि बस्ने महतले जानकारी दिए ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३