• सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले खनाल – नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण मागेको छ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको हो ।

    मुख्यमन्त्रीले विश्वासको मत लिँदा खनाल – नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको पद जोगिएको थियो । यसअघि माधव पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । भट्ट नेतृत्वको सरकार ढाल्ने उदेश्यले गत जेठ १० गते एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

4565