-
उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादास्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेतासमेत रहेका महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार गरिएको दाबी समेत गरेका छन् ।
महतोले आफू नेपालको राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा आफूले स्वीकार गरेको उल्लेख गरेका छन् । त्यस्तै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहेको भन्दै महतोद्वारा जारी विज्ञप्तिमा एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको उल्लेख छ ।
उनले यो संविधानप्रति रहेका आफ्ना असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राख्ने पनि उल्लेख गरेका छन् । महतोले शुक्रबार शपथ ग्रहण गरे लगत्तै पदबहाली गर्ने क्रममा अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । उनको यो अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी संगठन, नागरिक समाज लगायतबाट चर्को विरोध भएपछि महतो आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार भएका हुन् ।
News Desk 0 response आइतवार, जेष्ठ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





