-
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने जनाएको छ ।
आइतबार काठमाडौंमा बसेको महन्थ पक्षका नेताहरुको बैठकले कोरोना महामारीमा कारण स्थगित गरिएको बैठक अर्को पक्षले एकलौटी ढंगले बोलाएको भन्दै उक्त बैठकले गरेको निर्णय मान्य नहुने निर्णय गरेको हो । त्यस्तै पार्टीले गरेको निर्णय बिपरित बैठक बसेको भन्दै कारवाही गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।
बैठकपछि जसपा नेता सुरेन्द्र झाले जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएका बेला अर्को पक्षको कार्यकारिणी बैठक बस्नु उचित नभएको बताउनुभयो । उहाले यादव पक्षले पार्टीका नेताहरुलाई कारवाही गर्ने निर्णय गर्नु हास्यास्पद रहेको धारणा राख्नुभयो । झाले पार्टी बिपरित जानेलाई कारवाही हुने बताउनुभयो ।
यसअघि शनिबार बसेको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको कार्यकारिणी बैठकले चार नेतामाथि कारबाही गर्ने निर्णय गरेको थियो ।
News Desk 0 response आइतवार, जेष्ठ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३