-
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेका छन् ।देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा बाबुराम भट्टराईलाई काखी च्यापेकाले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले जानकारी दिएकाछन्।
मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने मदेशबादीनेताहरुको भनाइ छ ।देउवाले प्रधानमन्त्री पद दिनेमा आफूहरू विश्वस्त हुन नसकेको बताउँदै ती नेताले प्रधानमन्त्री पदको ललिपपमा नफस्नेमा जोड दिएकाछन्। ‘प्रधानमन्त्री दिन्छौं भनेर ललिपप देखाएका हुन्,’ उनले भने, ‘तर हामी अब ललिपपमा फस्नेवाला छैनौं ।’
यस्तै उनले नयाँ सरकारको पक्षमा आफूहरू नरहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ नपुर्याएको बताएकाछन् । मंगलबार सामाजिक सञ्जाल र समाचारहरूमा आएजस्तो राष्ट्रपति कहाँ पत्र नपुर्याएको जानकारी दिएकाहुन ।यद्यपि कांग्रेस, माओवादी र जसपाका केही नेताको गठबन्धबाट बहुमत पुगेको पत्र राष्ट्रपतिकहाँ पुगेपछि भने पत्र पठाउने तयारीमा रहेको खुलासा गरे ।
‘हामीले अहिलेसम्म राष्ट्रपतिलाई पत्र बुझाएका छैनौं,’ उनले भने, ‘गठबन्धनके बहुमत पुगेको पत्र आउने बित्तिकै समर्थन नरहेको पत्र बझुाउने हाम्रो तयारी भइसक्यो ।’
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३