-
जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५ औँ लोकतन्त्र दिवस मनाइएको छ । २ हजार ६३ साल वैशाख ११ गते अर्थात् आजैका दिन जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो ।
यद्यपी लोकतन्त्र दिवसका अवसरमा कोरोना संक्रमणका कारण कुनै पनि औपचारिक कार्यक्रम गरिएन । २ हजार ५९ साल असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा शासन सत्ता लिने कामको थालनी गरेका थिए ।
आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २ हजार ६१ माघ १९ गते पूर्व राजा शाह आफै कार्यकारी प्रमुख बनेपछि जनआन्दोलनको आधार बनेको थियो । माघ १९ गतेपछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २ हजार ६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको थप वातावरण बनेको थियो ।
आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २ हजार ६३ सालमा आजैका दिन संसद् पुनः स्थापना भएको थियो । त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्रलाई निलम्बन गर्दै महत्वपूर्ण घोषणा गरेको थियो । त्यसपछि भएको संविधानसभा निर्वाचनपछि बसेको संविधानसभाको पहिलो बैठकले २ हजार ६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि बनेका सरकारले पनि जनचाहना अनुसार काम गर्न नसकेको भन्दै जनतामा भने असन्तुष्टि बढ्दै गएको छ ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३