-
काठमाडौँमा कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानी विनै सार्वजनिक सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।
बिहीबार काठमाडौंको बिभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो । अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नराखेको पाइएकाले चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका शाखा अधिकृत राम बहादुर सार्कीले बताए । उनले कोरोनालाई मध्यनजर गरी काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा लागू गरिएको नयाँ नियम पालना नगरे कारवाही गर्ने चेतावनी दिए ।
प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने लगाएतका नियम लागू गरेको छ । अनुगमन टोलीमा ट्राफिक महाशाखा र यातायात व्यवसायीको पनि प्रतिनिधित्व रहेको थियो ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३