-
नेकपा एमालेको खनाल–नेपाल पक्षीय सांसदहरुहरुले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टिकरणको जवाफ बुझाएका छन् । संघीय संसदका २७ सांसदले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई स्पष्टीकरणको जवाफ बुझाएको खनाल नेपाल समूहले जनाएको छ ।
खनाल–नेपाल समूहका सांसदहरुले काठमाडौँको बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफल गरेर तयार पारेको जवाफ बुझाएका हुन् । जवाफमा सांसदहरुले आफूहरुलाई लगाईएको आरोप निराधार, कपोलकल्पित र पूर्वाग्रहबाट ग्रसित रहेको बताएका छन् । सांसदहरुले गलत काम सच्याउन खोज्नुलाई अलग पार्टी खोलेको रुपमा बुझ्न नहुने पनि बताएका छन् ।
आफूहरु पार्टीविरुद्ध नभई पार्टीको नवौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीको प्रतिरक्षाका लागि क्रियाशिल रहेको जिकिर उनीहरुले गरेका छन् । उनीहरुले सर्वोच्चको फैसलाले एमाले ब्यूँतिएसँगै पार्टीको सम्पूर्ण संरचना र बैठक पूर्ववत कायम हुनुपर्ने भन्दै बैध बैठकको माग गर्नु आफूहरुको दायित्व रहेको समेत बताएका छन् । सांसदहरुले पार्टी अध्यक्ष ओलीले चालिरहेको कदम पार्टी विधान विपरित र नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका रहेको भन्दै सबै प्रक्रिया रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गरेका छन् । उनीहरुले अध्यक्ष ओलीले आफ्नो कदम नसच्याए त्यसले निम्त्याउने दुष्परिणामको भागीदार पनि ओली नै हुनुपर्ने बताएका छन् ।
ओलीले संघ र प्रदेशका गरी नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका थिए ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२