-
नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८८४४ पिसिआर परिक्षण गर्दा २ हजार २२० र ८०३ वटा एन्टीजेन परिक्षण गर्दा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८९ हजार ७८७ पुगेको छ । त्यस्तै थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ११२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
थप २८७ जना कोरोना मुक्त हुँदा नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ९३ जनाले कोरोना जितेका छन् । हाल नेपालमा १० हजार ५ सय ८२ जना संक्रिय संक्रमित छन् भने ८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख ६९ हजार ४०१ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३