• बाँकेमा आगामी बिहीबारदेखि लकडाउन हुने भएको छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले एक हप्ता लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो ।

    बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन् । बाँकेमा संक्रमितको केही दिनदेखि दैनिक रुपमा मृत्युसमेत भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए ।


    डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा क्षेत्रको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।

4565