-
पर्सामा हर्सोलाषका साथ मनाईने चैते छठ कोरोनाको दोस्रो लहर का कारण प्रभावित भएको छ । कारोना भाइरसको संक्रमण रोक्न सरकार र स्थानिय तह द्धारा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी सामुहीक भेला हुन नपाईने घोषणा गरेसंगै यस पाली चैते छठ पर्वको रौनक्तामा गतवर्ष जस्तै यो वर्ष पनि नदेखीने भएको स्थानियहरुले बताएका छन ।
उनका अनुसार गतवर्षको चैते र कार्तिकमा मनाईने छठ पर्व पहिलो चरणको कोभिड १९ महामारीका कारण घरमै मनाउने वाध्य संगै यस वर्ष कोभिड १९ को दोस्रो चरणको महामारीका कारण यो पर्व हर्सोलाषका साथ मनाउन नपाउदा दुःख व्यक्तगरेका छन ।
पर्सा जिल्ला प्रमुख अधिकारीका पिताम्बर घिमिरे अनुसार चैते छठ पर्वको बिषेश सुचना ननिकाले पनि पर्सामा कोभिड १९ को संक्रमण समुदायीक स्तरमा फैलिरहेको हुदा जिल्ला संकट व्यवस्थापन समितीको बैठकले कुनै पनि सार्वजनिक स्थलमा समाजिक ,धार्मिक कार्य नगर्ने र गर्नै परे २५ जना भन्दा काम व्यत्तिको सहभागीता गराई स्वास्थ्य कार्यालयको माप डण्डपुरा गर्नु पर्ने बाएका छन । उनका अनुसार पर्साका सबै पालिकाहरुलाई सोही अनुसार कार्य गर्न गर्नगराउन अनुरोध गरीसकेको र कोरोना भाइरसले गर्दा एकठाउँमा भेला गर्न नसक्ने जनाउँदै आ—आफनो घरमै छठ पर्व मनाउँन आग्रह गरे गरेका छ्न ।
चैते छठ पुजाको लागि चाहिने आवश्यक पुजा समाग्रीको व्यवस्थापन गर्नमा छठवर्तालुहरु थोरै संख्यामा बजारमा किनमेलमा भने जुटेका छन ।प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि सुरू हुने चैते छठको पहिलो दिन व्रत बसेका महिलाले सकाहारी खाना खान्छन ।
दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । आजको दिनमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट पिठोबाट बनेको विभिन्न प्रकारको प्रसाद बनाई ठेकुवा, कसार, केरा, उखु,नरिवल, अदुवा, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, माटाको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो राखिन्छ। सूर्यलाई दिइने अघ्र्यमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानेर । त्यही प्रसाद छठीमातालाई चढाउँने गरिन्छ । गाईको गोबरले लिपपोत गरी सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् ।
चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने पनि गरिन्छ । चैत ४ गतेका दिन खरना विधि हुन्छ भने ५ गते आईतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिईनेछ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ सम्पन्न गरिने परम्परा रहेको छ ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३