• नेपालमा शनिबार थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७ सय ६८ जना र ६ सय ७१ वटा एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय २६ जना कोरोना मुक्त हुँदा नेपालमा हालसम्म २ लाख ७५ हजार ३८ जनाले कोरोना जितेका छन् ।

    हाल नेपालमा ५ हजार ५ सय ४५ जना आइशोलेनमा र ७४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ४० हजार ४ सय १७ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

4565