-
खोलाको बगरलाई उपयोग गरि मोरङमा खरबुजा तथा विभिन्न तरकारी खेती गरिएको छ । रंगेली नगरपालिका ४की सिधना मण्डलले खेती गर्नका लागि वगरको जग्गा भाडामा लिएकी छन् । मौसममा आउने समस्यालाई पन्छाउँदै आम्दानी गर्न सफल भएकी छन् ।
गर्मी मौसममा शितलता प्रदान गर्ने फलको नाम हो खरबुजा । तराइमा चैत महिना देखि असार महिनासम्म अत्यधिक गर्मी समय मानिन्छ । यहि गर्मी मौसमलाई ध्यान दिदै मोरङको रंगेली नगरपालिका बडा नम्बर ४ का सिधना मंण्डलले बिगत ४ वर्ष देखि खरबुजा खेति गर्दै आएका छन् । बक्राह र चिस्याङ खोलाको बगरमा मण्डलले खरबुजाको खेती गर्दे आएका छन । पुस महिना देखि जेठ महिनासम्म खेत ठेक्कामा लिएर उनले खर्भुजा खेति गर्दै आएका हुन् । मंण्डलले एक बिघा खेतमा डेढ किलो खर्भुजाको बीउ लाग्ने गरेको बताउँछन् । उक्त बीउ को बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने उनको भनाई छ । यो बर्ष गर्मी केही कम भएको हुनाले आम्दानी कम हुने हो कि भन्ने चिन्ता मंडलललाई छ ।
खर्भुजा खेती गर्न धेरै मेहनत लाग्ने ,लगानीसमेत बढी लाग्ने र मेहेनत अनुसार खरबुजा नफलेको बताउछन् अर्का कृषक धिरन मेंडल
केही साता आगाडी असिना पानी आएर धेरै खरभुजामा क्षति पुगेकोले सोचेजस्तो आम्दानी नहुने हो कि भन्ने चिन्ता पनि उनलाई लागेको छ । स्थानीय तहबाट कृषि कर्मका लागि प्रोत्सहान हुनुपर्ने उनको भनाई छ । उनले बलौटे खेतमा कांक्रा, फर्सी, लौका , करेलासमेतको खेती गरेकी छन् । उत्पादित खर्भुजा तथा तरकारी रंगेली दोमहाना, कर्सिया, बिराटनगर , ईटहरी ,दुहबी , धरान लगायतका बजारमा विक्रीका लागि लैजाने गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२