-
भक्तपुरको बिस्का जात्राअन्तर्गत बुधबार योसिङ द्यः अर्थात लिंगो जात्रा सम्पन्न भएको छ।विक्रम संवत्को वर्षान्तको दिन ठड्याइने भक्तपुर नगरपालिका ५ योसिंखेलको योसिङ द्यः नयाँ वर्षको पहिलो दिन ढालेसँगै योसिङ द्यः जात्रा विधिवत सम्पन्न भएको हो। यसपटक योसिङ द्यः ठड्याउने र ढाल्ने एकै दिन सम्पन्न गरिएको हो। मंगलबार राति अबेरसम्म तान्दा पनि नठडिएको योसिङ द्यः बुधबार दिनभर तान्दा पनि ठडिएन। बुधबार बेलुका करिब ६ बजेमात्रै उक्त योसिङ द्यः ठडिएको थियो। जुन योसिङ द्यः २ घन्टाभन्दा बढी समय ठडिन पाएन। अघिल्लो दिन ठडिएको भए करिब २४ घन्टा योसिङ द्यः ठडिन पायँथ्यो तर बुधबार बेलका करिब साढे ८ बजे उक्त योसिङ द्यः ढालिएको छ।
विक्रम संवत्को वर्षान्तको दिन ठड्याएर नयाँ वर्षको पहिलो दिन उक्त योसिङ द्यः ढालिन्छ तर यसपटक वर्षान्तमा नठडिएर ढाल्नुपर्ने दिन नै योसिङ द्यः ठडिएको हो। ५५ हात लामो योसिङ द्यः अष्टमातृकाको प्रतीकको रुपमा आठ वटा मोटो एवं लामो डोरीले तानेर ठड्याइन्छ। जसमा करिब ३५ हात लामा दुई विश्वध्वज फहराइन्छ।
बिस्का जात्राअन्तर्गत बुधबार योसिङ द्यः ढालिएपछि भक्तपुरमा बाराहीको टिप्वा जात्रा सकिएको छ। भक्तपुर नपा ३ वंशगोपालस्थित बाराहीस्थानमा स्थानीयले सुकेको निगालोको मुट्ठा बालेर गर्ने जात्रालाई टिप्वा जात्रा भनिन्छ।
त्यस्तै योसिंखेलमा रहेको भैरवनाथ र भद्रकालीको रथ गःहिटीतर्फ तानिएको छ। गःहिटी पुगेपछि बुधबार राति नै दुइटै रथलाई एकापसमा तीनपटकसम्म जुधाइन्छ। यस प्रक्रियालाई भैरवनाथ र भद्रकालीको समागम भएको मानिन्छ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३