-
सन १९८४ मा नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा फेला परेको लक्ष्मी नारायणको मूर्ति पुरातत्व बिभागले जिम्मा लिएको छ । साथै उक्त मुर्तिलाई सुरक्षित साथ राख्नका लागि पाटन संग्रहालयमा पठाइएको छ ।
बिहीबार पुरातत्व बिभागमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाको उपस्थीतिमा बिभागले मुर्तिको जिम्मा लिएको हो । अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नारायणको मूर्ति फेला परेको थियो ।
अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियममा मूर्ति फेला परेपछि अमेरिकास्थीत नेपाली दुतावासलाई हस्तान्तरण गरिएको थियो भने मूर्ति २०७७ चैत्र ३१ गते नेपाल ल्याइएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कोईरालाले धेरै मेहनतपछि बिदेशमा रहेका मूर्ति नेपाल ल्याउन सफल भएको बताउनुभयो । उहाले नेपालमा महत्वपूर्ण स्थानमा रहेका मूर्तिहरुको अभिलेखिकरण गरिने जानकारी दिनुभयो ।
सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको तथा नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
उक्त मुर्ति ७० किलोको रहेको छ । मध्यकालिन नेपाली मूर्तिकलाको नमूनाको रुप्मा रहेको र प्रस्तरबाट बनेको उक्त मुक्ति १५ र्औं शताव्दीको मानिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३