• निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

    आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईले निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको बताए । तर प्रहरीले सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै सातजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सातै जनालाई प्रहरी छाडिसकेको छ ।

4565