-
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको हो ।
बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने बताउनुभयो । केसीले सरकार जनताको आधारभूत समस्याहरु समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताउनुभयो । केसीले संघियताले मुलुकलाई बोझ थपेको भन्दै संघियता खारेजीको माग गर्नुभयो ।
चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३