-
कपिलवस्तु । गहुंवाली लगाईएको खेतमा आगलागी हुंदा यशोधरा गाउंपालिका वडा नंं. ६ का ३ गाउंहरुमा ठुलो क्षति पुगेको छ । गाउंपालिकाको वडा नंं ६ को भैसहिया, रंगपुर र कड्जहवाको गहुं खेतमा भएको आगलागीबाट करीब २० विगहामा भित्र्याउन लाई तयारी अवस्थामा रहेको गहुंबाली जलेर नष्ट भएको हो ।

गाउंमा स्थानीय कृषक मोहम्मद उमरले आफ्नो गहुं खेतको छ्वाली जलाउंदै गर्दा पश्चिमी बतासले आगो उडाएर गहुं खेतमा आगलागी भएको हो । गहु खेतमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीय कृषकहरुको सहयोगमा नियन्त्रणमा आएको छ । निकै मेहनत र लगानी गरेर तयार गरेको गहुं बाली भित्र्याउने समयमा आगलागी हुंदा यहांका कृषकहरु निकै समस्यामा परेका छन् ।

आगलागीबाट करीब २० विगाहा बढी गहुं खेतको गहुं बाली जलेर नष्ट भएको छ । आगलागीबाट कृषकहरुको करीब २५ लाख रुपैया बढीको क्षति भएको कृषकहरुले बताएका छन् । आगलागी पिडित कृषकहरुको राहतका लागि वडा कार्यालयले गाउपालिका लगायतका निकायमा पहल गर्ने यशोधरा गाउंपालिका वडा नंं. ६ का अध्यक्ष श्याम नारायण उपाध्यायले बताए ।

पछिल्ला वर्षहरुमा गहुंबाली काट्नमा हार्वेष्टर मेशिनको प्रयोग हुन थाले पछि गहुं हार्वेष्ट गरे पछि गहुं खेतमा छ्वाली बांकी रहन्छ । खेतमा बांकी रहेको छ्वाली आगो लगाउंदा हुरी वतासले आगो उडाएर कपिलवस्तुका गहुं खेतहरुमा दैनिक जसो आगो लाग्ने गरेको छ । तराई मधेशमा चैत्र बैशाखमा लाग्ने यस्तो आगलागीका कारण करोडौं रुपैया बराबरको क्षति हुने गरेको छ । यसरी घरमा भित्र्याउन तयारी अवस्थामा रहेको गहुंबालीमा हुने आगलागीलाई प्राकृतिक विपत्तिको रुपमा मानी यस्ता कृषकहरुलाई राज्यले उचित क्षतिपुर्ति दिनु पर्ने कपिलवस्तुका राजनैतिक दलको माग रहदै आएको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताए ।

गहुं खेती भित्र्याए पछि बांकी रहेको छ्वाली सफा गर्न आगो लगाईने कार्य नगर्न स्थानीय प्रशासनले पटक पटक सूचना गरे पनि यस्ता कामहरु भने नियन्त्रणमा आउन सकेका छैन । छ्वालीमा आगो लगाएर गहुं खेत सफा गर्न खोज्ने कृषकहरुको यस्तो कार्यका कारण जिल्लाका १० वटा स्थानीयका विभिन्न गाउंहरुका गहुं खेतमा दैनिक जसो आगलागी गर्ने कार्य बढ्दो छ ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





