-
बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाउँमा भिषण आगलागी भएको छ । शनिबार दिउँसो करिब साढे ३ बजे आगलागी भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय भोज भगवानपुरले जनाएको हो ।
गाउँमा भएको आगो नियन्त्रणका लागि नेपालगन्जबाट ४ वटा दमकल र प्रहरी नायब उपरिक्षक सुभास खड्काको नेतृत्वमा थप प्रहरी टोली पुगेको छ । स्थानीय तथा प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएका थिए । खोदवा गाउँमा भिषण आगलागीबाट सय भन्दा बढी घर जलेर नष्ट भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मानविय सहयोगको लागि सरकारसंग सहकार्य गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ घट्ना स्थल पुग्दै छन् । आगलागी के कसरी भयो भन्ने पुर्ण जानकारी आउन बाँकी छ । यो सहित गत दुई महिनाभित्र नरैनापुर गाउँपालिका भित्र मात्रै ५ स्थानमा आगलागी भइसकेको छ
News Desk 0 response शनिबार, चैत्र २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२