-
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यूएनएचसीआरले स्थापना भएदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । नेपालमा रहेका १ लाख १३ हजार ५ सय भुटानी शरणार्थीको अन्य देशमा पुनर्वास गर्न यूएनएचसीआरको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अहिले पनि नेपालमा करिब १९ हजारको संख्यामा शरणार्थी रहेको र तीनको व्यवस्थापनमा यूएनएचसीआरको ध्यान पुगेको भन्दै अहिले सम्म शरणार्थीको सेवामा गरेको कामको प्रशंसा गर्नुभयो ।
भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२