-
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यूएनएचसीआरले स्थापना भएदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । नेपालमा रहेका १ लाख १३ हजार ५ सय भुटानी शरणार्थीको अन्य देशमा पुनर्वास गर्न यूएनएचसीआरको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अहिले पनि नेपालमा करिब १९ हजारको संख्यामा शरणार्थी रहेको र तीनको व्यवस्थापनमा यूएनएचसीआरको ध्यान पुगेको भन्दै अहिले सम्म शरणार्थीको सेवामा गरेको कामको प्रशंसा गर्नुभयो ।
भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३