• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भैरहेको कसरत अपबित्र हुने बताएका छन् । गृह जिल्ला मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले दुबै पार्टिलाई जनताले दिएको मतको कदर नभएपछि अहिले मत बिपरीत अन्य पार्टिसँग सरकारलाई टिकाउनका लागि भैरहेको कसरत अपबित्र भएको बताएका हुन ।

    पार्टी विभाजनपछि गठबन्धन गरेर सरकार बनाउनु भनेको जनताको म्याण्डेड बिपरीत हुने अध्यक्ष थापाको भनाइ छ । ताजा जनादेशको लागि चुनाबमा जानुपर्ने भन्दै चुनाबबाट मात्र देशको संकट टर्ने उनले दावी गरे ।

    अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि जनताले दुबै पार्टिको लागि दुई तिहाई बहुमत दिएपनि जनतामा सकारात्मक परिवर्तन अनुभुति दिन नसकेको पनि बताए । सत्ता, कुर्सि र भ्रष्टाचारको झगडामा जनताको अभिमत पाएको पार्टि तिन चिरामा बाढिनुले मुलुक थप संकटमा परेको उनको भनाइ छ । प्रमुख प्रतिपक्ष काग्रेस किम कर्तव्य बिभुख, निरीह र लाचार देखिएको आरोप पनि अध्यक्ष थापाले लगाए । कार्यक्रममा राप्रपाका नेता तथा पुर्बगृहमन्त्री बुद्धिमान तामाङ, पुर्ब मन्त्री बिक्रम पाण्डेले बैशाखमा हुने पार्टिको महाधिवेशन केन्द्रित कार्यक्रममा लागेको बताए ।

4565