-
नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन । मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफु नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए ।
ओलीमा कम्युनिस्ट चरित्र नभएको आरोप लगाउदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटका राजनीति गरेको बताए । अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको भन्दै उनले ओलीसमक्ष आत्मसमर्पण पनि नगर्ने बताए ।
नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिए । ओली व्यक्तिवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा व्यक्त गरे ।
नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३