-
सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ । जसपाका केहि नेता ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट देखिएका छन् भने अर्को पक्षले आफ्ना मागका बारेमा मात्र प्रधानमन्त्रीसंग वार्ता गरेको दावी गरेको छ ।
मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी कार्यदलबीच छलफल भएको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले भने पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीसंगको भेटघाट व्यक्तिगत हुन सक्ने तर पार्टीको औपचारिक छलफल नभएको उनको भनाइ छ । अन्य दलसंग छलफल गर्नका लागि डा बाबुराम भट्टराई, आफु स्वयं , महन्थ ठाकुर, राजेन्द्र महतो र आशोक राई सम्मीलित टिम नै पार्टीको आधिकारीक टिम रहेको भन्दै यादवले आफुहरुले प्रधानमन्त्रीसंग कुनै छलफल नगरेको बताए ।
यता जसपा नेता राजेन्द्र महतोले भने प्रधानमन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन बाँकी रहेको बताए । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै बालुवाटारबाट खवर आएकाले छलफल गर्न गएको उल्लेख गरे ।
जसपाको एक पक्ष ओली इतर समूहसंग सहकार्य गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नै समर्थन गर्ने पक्षमा छ ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०७७
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३