• नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ ।आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा उहाले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरि ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाउनुभएको हो ।

    बिभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र बिधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उहाले बताउनुभयो ।ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उहाले जिकिर गर्नुभयो । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाउनुभयो । उहाले संसद बिघटन गर्ने असंवैधानिक कदमका कारण मुलुक अस्थीरताको भूमरिमा फसेको तर्क गर्नुभयो ।कार्यक्रममा खनालले आफु पक्षिय युवा संघ नेपालका पदाधिकारीलाई सपथ गराउनुभएको थियो ।

4565