-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)ले कुनैपनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ ।आइतबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताउनुभएको हो । सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरी पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन । हामी अहिले नेकपा(एमाले) को निम्ति दुईवटै हातमा लड्डु छ । ३ वर्षसम्म सुरुवात गरिएको समृद्ध नेपाल सुखि नेपालीको अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन् त्यो आयोजनालाई सम्पन्न गर्नको निम्ति सरकारलाई अवसर छ ।
विपक्षी दलहरु मिलेर सरकारलाई अविश्वास प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहेर प्रमुख प्रतिपक्षी दलको पार्टीको रुपमा रहेर आगामी निर्वाचनको लागी तयारी गर्ने अवसर हुन्छ । त्यो अवसरलाई उपयोग गर्दै आगामी निर्वाचनबाट बहुमतको सरकारबाट फेरीपनि सिंहदरबार गेटबाटै प्रवेश गर्ने प्रधानमन्त्रीको अठोट, आत्मविश्वास, ऊर्जा छ । जनतालाई ऊर्जा थप्ने काम भएको छ । सत्तामै टिक्न,टिकाउनको निम्ति त्यो किसिमको कुनै सम्झौता गर्ने पक्षमा नेकपा(एमाले) पार्टी र प्रधानमन्त्री ओली हुनुहुन्न ।’
मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गटबन्दीको अन्त्य गरिने बताउनुभयो । गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडी बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टीमा अब कुनैपनि किसिमको गुटबन्दी अन्त्य गर्ने भन्ने कुरा नै पार्टीको एजेण्डा हो । त्यसैले गुटबन्दीका कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजित हुने र मुलुकको विकास र उन्नतिको लागि नभइकन पद र व्यक्ति र गुटको निम्ति रुमल्लिइरहने त्यो अवस्थाबाट अब मुलुकलाई अन्त्य गर्नुपर्छ र पार्टीलाई पनि त्यसबाट मुक्त गर्नुपर्छ जसको कारण आज पार्टी स्पष्ट दृष्टिकोणबाट अघि बढेको छ ।’पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेलाई पार्टीले छुट नदिने उहाँको भनाई छ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२