-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)ले कुनैपनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ ।आइतबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताउनुभएको हो । सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरी पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन । हामी अहिले नेकपा(एमाले) को निम्ति दुईवटै हातमा लड्डु छ । ३ वर्षसम्म सुरुवात गरिएको समृद्ध नेपाल सुखि नेपालीको अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन् त्यो आयोजनालाई सम्पन्न गर्नको निम्ति सरकारलाई अवसर छ ।
विपक्षी दलहरु मिलेर सरकारलाई अविश्वास प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहेर प्रमुख प्रतिपक्षी दलको पार्टीको रुपमा रहेर आगामी निर्वाचनको लागी तयारी गर्ने अवसर हुन्छ । त्यो अवसरलाई उपयोग गर्दै आगामी निर्वाचनबाट बहुमतको सरकारबाट फेरीपनि सिंहदरबार गेटबाटै प्रवेश गर्ने प्रधानमन्त्रीको अठोट, आत्मविश्वास, ऊर्जा छ । जनतालाई ऊर्जा थप्ने काम भएको छ । सत्तामै टिक्न,टिकाउनको निम्ति त्यो किसिमको कुनै सम्झौता गर्ने पक्षमा नेकपा(एमाले) पार्टी र प्रधानमन्त्री ओली हुनुहुन्न ।’
मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गटबन्दीको अन्त्य गरिने बताउनुभयो । गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडी बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टीमा अब कुनैपनि किसिमको गुटबन्दी अन्त्य गर्ने भन्ने कुरा नै पार्टीको एजेण्डा हो । त्यसैले गुटबन्दीका कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजित हुने र मुलुकको विकास र उन्नतिको लागि नभइकन पद र व्यक्ति र गुटको निम्ति रुमल्लिइरहने त्यो अवस्थाबाट अब मुलुकलाई अन्त्य गर्नुपर्छ र पार्टीलाई पनि त्यसबाट मुक्त गर्नुपर्छ जसको कारण आज पार्टी स्पष्ट दृष्टिकोणबाट अघि बढेको छ ।’पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेलाई पार्टीले छुट नदिने उहाँको भनाई छ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





