-
जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो । राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो ।
प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकिकरण भएका वामघटकहरु पुर्व नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ । उहाँले संबै दलहरुसंग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताउनुभयो ।
जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उहाँले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन । ”
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२