-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माध वकुमार नेपालले अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली भएको आरोप लगाएकाछन् ।नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएकाहुन । केपी ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको नेता नेपालले गुनासो गरे ।
विगतमा पनि पार्टीको बैठक बोलाइदिनु प¥यो भनेर ओलीलाई अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको उनले बताए ।त्यस्तै नेता नेपालले मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको जिकिर गरे । पार्टीमा टिकट वितरण, नियुक्ति तथा कार्यविभाजन लगायतका काममा ओलीले विभेद गरेको उनको भनाई छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईको नक्कली हस्ताक्षर गरेर राष्ट्रिय भेला स्थगित भएको गलत सूचना फैलाएको नेपालले बताए । नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको उल्लेख गरे ।
त्यस्तै भेलामा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको आरोप लगाए । ओलीका कारण पार्टीभित्र विधि, पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाई छ ।
त्यस्तै एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने स्पष्ट पार्नुभयो । उहाले अहिलेको अवस्थामा पार्टीलाई बिधी पद्धती अनुसार चलाउनुपर्ने जिकिर गर्नुभयो ।
राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने सो पक्षले जनाएको छ । भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल भएको छ भने १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यदिशा बनाउने र त्यसलाई सभाले पारित गर्ने बताइएको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२