-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माध वकुमार नेपालले अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली भएको आरोप लगाएकाछन् ।नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएकाहुन । केपी ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको नेता नेपालले गुनासो गरे ।
विगतमा पनि पार्टीको बैठक बोलाइदिनु प¥यो भनेर ओलीलाई अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको उनले बताए ।त्यस्तै नेता नेपालले मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको जिकिर गरे । पार्टीमा टिकट वितरण, नियुक्ति तथा कार्यविभाजन लगायतका काममा ओलीले विभेद गरेको उनको भनाई छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईको नक्कली हस्ताक्षर गरेर राष्ट्रिय भेला स्थगित भएको गलत सूचना फैलाएको नेपालले बताए । नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको उल्लेख गरे ।
त्यस्तै भेलामा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको आरोप लगाए । ओलीका कारण पार्टीभित्र विधि, पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाई छ ।
त्यस्तै एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने स्पष्ट पार्नुभयो । उहाले अहिलेको अवस्थामा पार्टीलाई बिधी पद्धती अनुसार चलाउनुपर्ने जिकिर गर्नुभयो ।
राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने सो पक्षले जनाएको छ । भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल भएको छ भने १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यदिशा बनाउने र त्यसलाई सभाले पारित गर्ने बताइएको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





