-
नेपाल कम्युनिष्ट पार्टी(एमाले)कि नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो गुटको भेलाबाट पार्टीको विधान विपरित आफु लगायतका पदाधिकारीहरुको जिम्मेवारी खोसेको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो । आफुहरुले नेकपा(एमाले)लाई बलियो र सुदृढ बनाउन चाहेको उहाँको भनाई छ ।
आफुहरुको भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै नेतृ शाक्यले आफुहरुको केन्द्रीय कमिटीको भेला नेकपा(एमाले)को आधिकारिक भेला भएकोले कार्यकर्तालाई नआत्तिन निर्देशित सकेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘भेलामा जानेहरुलाई कोहीपनि भेलामा जान पाउँदैन । भेलामा जानेहरुलाई कारबाही गर्छौ भन्नुभएछ । त्यतिले मात्रै नपुगेर महासचिवद्धारा प्रेस विज्ञप्ती पनि जारी भएछ ।
म सबै उपस्थित कमरेडहरुलाई भन्न चाहान्छु, पार्टीले आयोजना गरेको भेलामा आउनको लागि कोही आत्तिनु पर्दैन । कोही डराउनु पर्दैन । यो गुटको भेला होइन । यो गुटको भेला होइन कमरेडहरु यो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भेला हो । केन्द्रीय कमिटीले आयोजना गरेको भेला हो । त्यसैले ढुक्क भएर बस्नुहोला । यो भेलामा महत्वपूर्ण सुझाव र विचारहरु दिनुहोला । हामी नेकपा(एमाले)लाई बलियो बनाउन चाहान्छौँ । सुदृढ बनाउन चाहान्छौँ । अझ एकिकृत बनाउन चाहान्छौँ । देशको आर्थिक सामाजिक रुपान्तरणको दिशामा नेतृत्व गर्न चाहान्छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न चाहान्छौँ ।
आज यो उदेश्य लिएर आउँदाखेरी के भेलामा आउन डराउनुपर्ने ? के त्यस्तो खालको हामीले धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहान्छु । त्यस्तो खालको धम्कीदेखि नडराउनु होला । म निन्दा गर्न चाहान्छु । कमरेड केपी ओलीजिलाई म अनुरोध गर्न चाहान्छु यो भेलाबाट तपाईले २८ गतेको निर्णय जुन गुटको भेला, विधान विपरितको भेला गरेर अध्यक्ष महासचिव मात्रै राखेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेला बाट ग¥यो । के विधानसम्वत् छ ? त्यसो भएको हुनाले त्यो २८ गतेको गुटको भेलाबाट गरेको निर्णयलाई फिर्ता लिएर कमरेड अहिलेपनि समय छ यो भेलामा तपाई आइदिनुस् ।’
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२