-
नेपाल कम्युनिष्ट पार्टी(एमाले)कि नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो गुटको भेलाबाट पार्टीको विधान विपरित आफु लगायतका पदाधिकारीहरुको जिम्मेवारी खोसेको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो । आफुहरुले नेकपा(एमाले)लाई बलियो र सुदृढ बनाउन चाहेको उहाँको भनाई छ ।
आफुहरुको भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै नेतृ शाक्यले आफुहरुको केन्द्रीय कमिटीको भेला नेकपा(एमाले)को आधिकारिक भेला भएकोले कार्यकर्तालाई नआत्तिन निर्देशित सकेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘भेलामा जानेहरुलाई कोहीपनि भेलामा जान पाउँदैन । भेलामा जानेहरुलाई कारबाही गर्छौ भन्नुभएछ । त्यतिले मात्रै नपुगेर महासचिवद्धारा प्रेस विज्ञप्ती पनि जारी भएछ ।
म सबै उपस्थित कमरेडहरुलाई भन्न चाहान्छु, पार्टीले आयोजना गरेको भेलामा आउनको लागि कोही आत्तिनु पर्दैन । कोही डराउनु पर्दैन । यो गुटको भेला होइन । यो गुटको भेला होइन कमरेडहरु यो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भेला हो । केन्द्रीय कमिटीले आयोजना गरेको भेला हो । त्यसैले ढुक्क भएर बस्नुहोला । यो भेलामा महत्वपूर्ण सुझाव र विचारहरु दिनुहोला । हामी नेकपा(एमाले)लाई बलियो बनाउन चाहान्छौँ । सुदृढ बनाउन चाहान्छौँ । अझ एकिकृत बनाउन चाहान्छौँ । देशको आर्थिक सामाजिक रुपान्तरणको दिशामा नेतृत्व गर्न चाहान्छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न चाहान्छौँ ।
आज यो उदेश्य लिएर आउँदाखेरी के भेलामा आउन डराउनुपर्ने ? के त्यस्तो खालको हामीले धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहान्छु । त्यस्तो खालको धम्कीदेखि नडराउनु होला । म निन्दा गर्न चाहान्छु । कमरेड केपी ओलीजिलाई म अनुरोध गर्न चाहान्छु यो भेलाबाट तपाईले २८ गतेको निर्णय जुन गुटको भेला, विधान विपरितको भेला गरेर अध्यक्ष महासचिव मात्रै राखेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेला बाट ग¥यो । के विधानसम्वत् छ ? त्यसो भएको हुनाले त्यो २८ गतेको गुटको भेलाबाट गरेको निर्णयलाई फिर्ता लिएर कमरेड अहिलेपनि समय छ यो भेलामा तपाई आइदिनुस् ।’
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३