-
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले बुधबारको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।
नेता भट्टराईले इतिहासले सोधेका प्रश्नको जवाफ ओलीले दिनुपर्ने भन्दै ओलीको पक्षमा भोलि दुईथोपा आसू झार्ने मानिस समेत नहुने चेतावनी दिए । भेलामा सहभागी भए कारवाही गर्ने ओलीको चेतावनीको जवाफमा भट्टराइले कारबाहीले मुलुक र पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको धम्की नदिन ओलीलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले भेलाले पार्टी एकतालाई कमजोर नभइ मजबुत बनाउने दाबी गरे । ओली पक्षले भेला विधान विपरित भनिरहेका बेला पाण्डेले पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था भएको दाबी गरे ।
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा पार्टी केन्द्रीय समिति सदस्यहरु, केन्द्रीय निकाय र विभागका सदस्य, प्रदेश समिति, पार्टीका पुर्व केन्द्रीय समिति सदस्यहरु, संघ तथा प्रदेशका सांसद लगायतको सहभागिता रहने बताइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२