-
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गर्नुभयो ।
विकास मात्र नभइ दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न उहाले निर्देशन पनि दिनुभयो । समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । स्वार्थ पुरा गर्नका लागि जे पनि गर्न तयार हुने प्रवृतिलाई पनि अन्त्य गर्नुपर्ने उहाको भनाई छ ।
सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको कूल लागत भने करिव २ खर्ब लाग्ने अनुमान गरिएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३