-
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले चैत्र ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।
सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ । केपी ओलीको पछिल्लो कदम पार्टीको बिधान बिपरित रहेको यसले एमालेलाई खण्डित पार्ने काम गरेको नेता रावलले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





