-
झापाको काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा ठोकिदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएकाछन् ।उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो ।
दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।उक्त बसमा अन्दाजी ३५ यात्रु सवार रहेको प्रहरीले अनुमान गरेको छ । तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२