-
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शिर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् ।
छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्धा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । कुनै सहमती नभएको र बृहत छलफलको आवश्यकता रहेको ठाकुरको भनाई छ । उहाँले भन्नुभयो – ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो । अहिलेको अवस्थामा मिलेर जाने विषयमा र हामीले पनि आफ्नो एजेण्डा राख्यौँ । हाम्रो एजेण्डा जुन छ, त्यो अब हाम्रो साथीहरु जुन जेलमा छन् तिनीहरु छोड्नुपर्छ राजबन्दीहरुलाई ।
नागरिकताको प्रब्लम समाधान हुनुपर्छ । त्यसपछि मुद्धा फिर्ता हुनुपर्छ । यो कुरा हामीले भन्यौँ । उहाँहरुले सबै मिले जाऔँ । हामी तपाईहरुको कुरा सुन्न आएको हो भन्ने हाम्रो भनाई थियो । तपाईहरु के भन्नुहुन्छ, पछि हामी बिचार गरौँला भन्यौँ । अहिले केही सहमती भएको छैन । मिलेर जान त सबैले भन्छन् ठिक छ मिलेर जाऔँ । बृहत छलफलको आवश्यकता छ । माओवादीसँग पनि कुरा गर्छौ भनेको ।’
नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ । ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन । तर संसदको पुर्नस्थापना पछाडी अबको राष्ट्रिय राजनीतिले हिड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो ।
राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडी बढ्दै गर्दाखेरी नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एकठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उहाँहरु बाट आयो ।’प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्प तर्फ अग्रसरता लिने बारे छलफल भएको पनि बताउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२