-
नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आपतकालीन बैठक बोलाएको छ। बानेश्वरस्थित अर्याल होटलमा नेपाल तथा झलनाथ खनाल समूहका सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा अप्रत्यासित केन्द्रीय कमिटी बैठक मार्फत् माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताको पद खोसेपछि त्यसबारेमा छलफलका लागि एमालेको नेपाल खनाल समूह जुट्ने भएको हो।
सबै स्थायी कमिटी सदस्यलाई उपस्थितिका लागि भनिएको छ, बैठकबारे नेता रघुजी पन्तले पहिलोपोस्टसँग भने, ओलीले गरेका निर्णयबारे छलफल र बैठकले उनीमाथि एक्सन लिनेछ।शुक्रबार ओलीले माधवकुमार नेपाल पक्षधर सबै नेताको पदीय जिम्मेवारी खोसुवा गरेका छन्। ती स्थानमा आफू निकट नेताहरुलाई जिम्मेवारी सुम्पेका छन्। माओवादी त्यागेर ओलीलाई साथ दिने माओवादी नेताहरुलाई पनि ओलीले केन्द्रीय सदस्य बनाएका छन्।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३