-
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित करीब १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष १४ को साहिद हुसेन मन्सुरीको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिहान करीब ६ बजे खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरु र बारा प्रहरीलाई जानकारी गराएका थिए ।
फुलबारीको छेउमा रहेको छाईंमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने अंसारी फागुन ११ गते राती गाउँमै विहेको भोजखान गएको र त्यहाबाट हराएको अंसारी को मामा तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा सदस्य क्यामुदिन मिँया मंसुरीले बताएका छन । उनका अनुसार २०७७-११-११ राती अन्दा ११ बजेको समय देखी हराएको बताएका छन । जन्तीको भोजखान गएको तर फर्केर नआउदा भोलिपल्ट ईलाका प्रहरी जितपुरमा निवेदन दियौ । तर आज १८ औं दिन पुग्दा पनी प्रहरीले कुनै चसो नदेखएको आरोप लगाएका छन ।
त्यसैगरी साहिद हुसेन मन्सुरीका बुवा जाकिर मिंया मंसुरीका अनुसार भोजखान गएको छोरा विहान फर्केर नआउदा भलिपल्ट प्रहरीमा निवेदन दिनुका साथै रेडियो पत्रपत्रीकामा सुचना दिएका थियो तर कुनै जानकारी नपाएको र आज एकासी बिहान ७ बजेको गाँउपछाडी सरिस्वा नदीको बगरमा मिल्दो झुल्दो वेवारीसे शव भेटीको खबरपाए लगतै आएर हेर्दा शवगलि सकेको हुनाले पहीचान गर्न नसके तर भेटिएको सव को, पहिरण मिल्दो झुल्दो र लगाएको चपल आफनो छोरा को चप्पल संग मिल्दो जुल्दो रहेकोले आफनै छोराको सव हुन सक्ने अनुमान गरेका छन् ।
प्रहरीका अनुसार पहिलो दिन देखी नै साहिद हुसेन मन्सुरी लाई खोज तलास गर्दै आएको छौ तर, बालक फेला नपरेको र शुक्रवार बरामद गरिएको शव सो बालक कै हुन सक्ने प्रहरीको समेत अनुमान छ । थप अनुसन्धान नभए सम्म केहि भन्न नसकिने बाराका प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिका छन् । घटना बारे थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुर बाट प्रहरी कुकुरको प्रयोग प्रहरी गरिएको समेत उनले बताएकाछन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





